नियम ६
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछ :–
(क) कोषबाट गरिने खर्चको क्षेत्र पहिचान गर्ने,
(ख) कोषबाट गरिने खर्चका सम्बन्धमा आवश्यक मापदण्ड निर्धारण गर्ने,
(ग) नियम ७ बमोजिम कोषबाट बेहोरिने खर्चको सम्बन्धमा निर्णय गर्ने,
(घ) कोषको हिसाब किताब अत्यावधिक गर्ने,
(ङ) सचिवालयमा रहने कर्मचारीको संख्या निर्धारण गर्ने,
(च) कोषसँग सम्बन्धित अन्य आवश्यक काम गर्ने ।